यू-२३ बास्केटबल प्रतियोगिताको उपाधिका लागि पिप्ले र केबीए भिड्ने

पाेखरा | बैशाख ३०, २०८१

यू-२३ बास्केटबल प्रतियोगिताको उपाधिका लागि पिप्ले र केबीए भिड्ने

पोखरा:    पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । 


महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । 


दोस्रो सेमिफाइनल खेलमा केबिए सेतोले अर्चलबोटलाई ५३–४५ को स्कोरमा हराउदै फाइनलमा पिप्लेको भेट पक्का गरेको हो । 


बैशाख २८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टीमको सहभागीता रहेको थियो । सनिबार नै भएको क्वाटरफाइनलमा पिप्ले बास्केटबलले आयोजक महेन्द्रपुल क्लबलाई ६९–५६ स्कोरमा हराउँदै सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै केबिए बास्केटबलले मर्दीखोलालाई ६६–५१ को स्कोरमा हराउँदै सेमीफाइनलमा पुगेको थियो । 


दुई दिन हुने प्रतियोगिताको फाइनल खेल भने वर्षाका कारण रोकिएको छ । खेल रोकिएसँगै आयोजकले आइतबार विहान फाइनल खेल गराउने भएको हो । 


महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखि २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो ।


२०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागी भएका थिए । त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चलेको थियो बिचमा क्लब निस्क्रीय रहेको अध्यक्ष आनन्द तझ्याले बताए । 


महेन्द्रपुल क्लबको स्थापना हुँदा पोखरामा अन्य क्लबको स्थापना भइसकेको थिएन । उक्त क्लबको स्थापनापश्चात अन्य क्लबको स्थापना भएको थियो । सोही क्लबले विधिवत रुपमा २०६३ सालमा दर्ता भएको हो । 


प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुट स्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको बताए । फाइभ वाई फाइभको आधारमा खेलाइएको प्रतियोगिताको बिजेताले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुएवल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जोजीजुले जानकारी दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्